मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो


  • मकवानपुर समाचार
  • 12 पटक पढिएको
हेटौंडा ।

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

प्रदेश अन्तरगत वनेका र वन्न बाँकी कानूनहरुको पहिचान गर्न गठित समितिको प्रतिवेदन आज मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको  छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश अन्तरगत पहिचान भएका कानूनहरुको अवस्थाका बारेमा प्रतिवेदन बुझाइएको हो । प्रदेशका मुख्य न्यायधिवक्ता ओम प्रसाद थपलीयाले पहिचान भएका कानूनका बिषयमा मुख्यमन्त्री पौडेललाई समितिको प्रतिवेदन बुझाउनु भएको हो ।

पहिचान गरिएका कानूनका बिषयमा जानकारी लिएपछी मुख्यमन्त्री पौडेलले प्राथमिकता तोकेर कानून निर्माण गर्ने वताउनुभयो । छिटो तयार हुनुपर्ने कानूनहरु निर्माण गर्ने उहाँले वताउनुभयो । यस कामको लागि मुख्यमन्त्री पौडेलले मुख्य न्यायधिवक्ता थपलीयालाई धन्यवाद समेत ज्ञापन गर्नु भयो ।

प्रदेश नम्बर ३ मा रहेका ७ वटा मन्त्रालयहरुमा गरी जम्मा जम्मी ८२ वटा ऐनहरु बनाउनुपर्ने आवश्यकता देखिएको मुख्य न्यायधिवक्ता थपलीयाले वताउनुभयो । जसमा ३५ वटा ऐनहरु प्रदेश राजपत्रमा प्रकाशित भैसकेका छन् । ७ वटा ऐनहरु प्रमाणीकरण र राजपत्रमा प्रकाशित हुने चरणमा छन् । ४० वटा ऐनमा केही सैद्धान्तिक सहमती प्राप्त भईसकेको छ भने बाँकी अवधारणापत्र तयार हुने क्रममा रहेको उहाँले वताउनुभयो ।

८ वटा नियमावली तयार भैसकेका छन् भने १३ वटा नियमावली तत्काल बनाउनुपर्ने देखिएको छ । ४८ वटा कार्यविधिहरु बनिसकेका छन् र ७७ वटा कायविधि बनाउनुपर्ने आवश्यकता देखिएको मुख्य न्यायधिवक्ता थपलीयाले वताउनुभयो । तत्कालै ९ वटा निर्दे्शिका बनिसकेको र ९ वटा बनाउनुपर्ने देखिएको छ । प्रदेशका लागी ४ वटा मापदण्ड, ४ वटा रणनीति, १३ वटा गुरुयोजना तथा कार्ययोजना बनाउनुपर्ने आवश्यकता पहिचान गरिएको छ ।

प्रदेश सरकारले अविलम्ब समितिको प्रतिवेदनलाई अध्ययन गरी तत्काल बनाउनुपर्ने ऐन नियमहरुको प्राथमिकता निर्धारण गरी प्रदेश सभाको आगामी बैठकमा प्रस्तुत गर्नुपर्ने देखिन्छ । समग्रमा कानून निर्माणको प्रक्रिया हेर्दा प्रदेश नम्बर ३ अग्रस्थानमा रहेको उहाँले दावि गर्नुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top