मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्


  • मकवानपुर समाचार
  • 13 पटक पढिएको
हेटौंडा

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपमा खुलालको आज निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट पीडित खुलालले आज उपचारका क्रममा भरतपुरमा मृत्यु भएको उहाँका परिवारले वताएका छन् । हरेक क्षेत्रमा जनताको मन जित्न सफल खुलालले क्यान्सर रोगलाई भने जित्न सक्नु भएन । समाजसेवामा तीन दशक देखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहनुभएको थियो । रुपा खुलालको भरतपुरको मोडन अस्पतालमा मृत्यु भएको हो ।

क्यान्सरलाई जित्न सक्छु भन्दै तीन वर्ष सम्म त उहाँ राजनीतिक र सामाजिक काममा सक्रिय हुने गरेको भएपनि केही महिना अगाढी देखि बिरामीका कारण बाहिरी कार्यक्रममा सहभागि हुन नसकेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
उहाँको उपचारका लागि उपमहानगरपालिकाले पटक पटक गरेर धेरै रकम सहयोग गरेको वताउँदै मेयर महतले भन्नुभयो–अझै पनि उपचार हुन्छ भने हामीले सबै खालका सहयोग गर्ने भनेका थियौ । तर, डाक्टरलेनै बिशेक हुन्न भनेपछी हामीलाई आसा मरिसकेको थियो ।’

क्यान्सर गाँजेपछि उनको दुवै स्तन काटेर फालिएको थियो । संक्रमण फैलिईसकेका कारण निराकरण हुन सकिरहेको थिएन । १३ वटा किमो लगाउँदा र अन्य औषधि उपचार गर्दा हालसम्म ५० लाखभन्दा बढी खर्च भईसकेको थियो । खुलाल २०७२ सालबाट सम्बन्धविच्छेद गरेर २ छोरीकासाथ बस्दै आउनुभएको थियो ।  राजनीति र समाजसेवामा आवद्ध उहाँको धेरैलाई सामाजिक काम गर्नु भएको थियो । खुलालको मृत्युले उपमहानगरपालिका सहित जिल्ला भरीनै स्तव्ध बनाएको उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top