मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

मकवानपुर समाचार

प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा

प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल

 प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संधै सरकारलाई गाली गर्ने संस्कारबाट मुक्त हुनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश विकास परिषद्को पहिलो वैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले संधै भरी नकरात्मक कुरा मात्रै गरेर सामाजिक र आर्थिक विकास नहुने तर्क गरेका हुन् ।

पौडेलले प्रदेश सरकार परिणाममुखी काम गर्ने भएको भन्दै परिणम नआउने काममा कहिले हात नहाल्ने समेत बताएका छन् । प्रदेशको नीति तथा कार्यक्रममा नीजि क्षेत्रबाट ६२ प्रतिशत लगानी अपेक्षा गरेको समेत बताएका छन् । प्रदेश सरकारले नीजि क्षेत्रलाई पाखा लगाएर अगाडी बढ्न नसक्ने भएकोले नीजि क्षेत्रलाई समेटेर अगाडी बढेको उनले बताए । प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै प्रदेश सरकारले कृषि स्वंसेवक खटाउने तयारी गरेको बताए ।

प्रदेश नम्बर ३ मा प्रदेशको छुट्टै प्रदेश पुर्वाधार निर्माण कम्पनीको निर्माण गर्ने अन्तिम तयारी भएको मुख्यमन्त्री पौडेलले बताएका छन् । उनले प्रदेश स्तरका निर्माण कार्यहरुमा प्रदेशकै निर्माण कम्पनीले गर्ने बताएका हुन् । कम्पनीमा पनि नीजि क्षेत्रको समेत लगानी हुने बताए । यस्तै प्रदेश ३ भरी विद्युतीय सवारी तथा अन्य यातायात सेवाहरु सञ्चालन पनि प्रदेश सरकारले गर्ने तयारी गरेको मख्यमन्त्री पौडेलले बताए । यसको उनले प्रदेश यातायात निगमको स्थापना गर्ने समेत बताए । निगममा पनि निजी क्षेत्रको लगानी हुने बताए ।

कार्यक्रममा प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव मुकुन्द पौडेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामराज बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, मन्त्रालयका सचिवहरु लगायतकाको सहभागिता रहेको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, विकास परिषदका सदस्य कल्पना शर्मा, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा सहभागी परिषदका सदस्यहरुले प्रदेश विकास परिषदले ल्याएको खाका सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top