मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..


  • मकवानपुर समाचार
  • 37 पटक पढिएको

नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..

हेटौंडा । चितवनस्थित नारायणी नदीमा दशैं अघि नै मिनी पानी जहाज (रिभर क्रुजसिप) सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दशैं अघि नै नारायणी नदिमा रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा गर्न लागिएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक आरस.सी. कँडेलले पानी जहाज संचालनको अन्तिम तायरी भइसकेको घरघरमा प्रदेश सरकारको कार्यक्रमका लागि तयार पारिएको रिपोर्टमा बताउनुभएको छ ।

उहाँका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ । इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कँडेलले जानकारी दिनुभयो । उक्त परीक्षण पछि नियमित सञ्चालन भने दशैंपछि मात्र गर्ने तयारी गरिएको छ । भूइतला मात्र वातावरण अनुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकूलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिनुभयो ।

क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ । भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब १५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउँदै क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिए ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफाष्ट, अपरान्ह खाना खाँदै रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनरको पनि क्रुजमा नै व्यवस्था हुने बताइएको छ । प्रत्येक क्रुजिङ यात्रा करीब तीन घण्टा लामा हुनेछ । काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोसमेतको अध्ययन भइसकेको छ । क्रुज दुई तल्ला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
(भिडियो हेर्न तल क्लीक गर्नुहोस् )

https://www.youtube.com/watch?v=tY-8wek5_zk






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top