मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल


  • मकवानपुर समाचार
  • 53 पटक पढिएको
हेटौंडा

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । यो बर्ष “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नारा रहेको छ ।

मुख्यमन्त्री पौडेलले आईतवार एक सन्देश जारी गर्दै बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुब्र्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत र जागरुक रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो(ूनेपालको संविधान, २०७२ को धारा ३९ ले बालबालिका सम्बन्धि ब्यवस्था गरेको छ ।

संविधानतः प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागिण ब्यक्तित्व विकासको हकलाई प्रत्याभुति गरिसकिएको छ । अब यि ब्यवस्थाहरुलाई दृढतापुर्वक कार्यान्वयनको आवश्यकता छ । अझै पनि हजारौ बालबालिका विद्यालय बाहिरै छन् । हजारौं बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रम सहित लागिपरेको छ ।

विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यामिक तहसम्म निशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहन लगायतका कार्यक्रमहरु मार्फत बाल अधिकारको सुनिश्चिता गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, संघसंस्था सबैको हातेमालो जरुरी रहेको उहाँको भनाइ छ । बालअधिकारको सुनिश्चिताको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सम्पुर्ण कदमहरु अघि बढाईने समेत मुख्यमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top