मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

हेटौंडा एफएमको तीज बिशेष कार्यक्रममा मानव सागर उर्लियो,७० बर्षीय आमा सम्मानित


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

हेटौंडा एफएमको तीज बिशेष कार्यक्रममा मानव सागर उर्लियो,७० बर्षीय आमा सम्मानित

 मकवानपुर मिडिया प्रालि द्वारा संचालित हेटौंडा एफएमले खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृति कार्यक्रम गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हेटौंडाको पशुपति मन्दिर नजिकै कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले तीजको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

अव राजनीतिक समस्या समाधान भएकाले आर्थिक समृद्धी तर्फ लाग्नका लागि महिलाहरुलाई आग्रह गर्नुभएको छ । अहिलेको संबिधानले महिलालाई अधिकार दिएको वताउँदै उहाँले भन्नुभयो–‘हाम्रो संबिधान कुनैपनि हालतमा कमजोर छैन । त्यसैले हाम्रै गाउँ, टोल पाखा पखेरावाट समृद्धी खोज्नुपर्छ ।’ सबैखाले नीति वनाएर काम गर्नका लागि आफुहरु तयार रहेको वताउनुभयो ।

कार्यक्रममा बिभीन्न जनआन्दोलन र जनयुद्धका क्रममा आफ्ना चार छोरा र अन्य कारणले गरी पाँच वटा छोरा गुमाएकी हेटौंडा ९ की सुभद्रा दर्नाललाई आजै एफ.एमले सम्मान गरेको छ । मन्त्री नेपाल, एफ एमका अध्यक्ष तथा एम.एमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले नगद रकम सहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगका कार्यवाहक अध्यक्ष बिष्णु ओझा, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, नेपाली काग्रेशकी महिला नेतृ रिता खनाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हेटौंडा एफएमले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गरेकोे खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृति कार्यक्रममा आज राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु र स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुती गरेको हेटौंडा एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जुनु रिजाल, श्रुती सिंह, सुमिना लो सहित स्वस्तिका ढकाल, प्रतिमा अर्याल, आयुस्मा केसी, रेश्मी कार्की, शोभा गौतम लगायतको बेजोड प्रश्तुती रहेको थियो ।

कार्यक्रममा हाँस्यकलाकारहरु सुबोध गौतम “एदुमे” र सुमन कार्कीको पनि प्रस्तुती रहनेछ । पुर्ण शाक्य एण्ड सन्सको प्रायोजन तथा हेटौंडा एफएमको आयोजनामा कार्यक्रम भएको हो । प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद, द्वितीय हुनेले १० हजार तथा तृतीय हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो ।  उत्कृष्ट नृत्य गर्नेलाई चांदीको पाउजु प्राप्त गरेका छन् । कार्यक्रममा मकवानपुरको गढी गाउँपालिकामा रहेको नवयुग ब्राहमण नौमति बाजा समूहको प्रश्तुती रहेको थियो । हुप्राचौरमा घामको कुनै पर्वाह नगरीकन दिनभरजसो महिलाहरु नाच्न र गाउँनमा व्यस्त रहेका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top