मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रदेश ३ को नाम र राजधानी तोक्न किन ढिलाई ?


  • मकवानपुर समाचार
  • 21 पटक पढिएको
हेटौंडा

प्रदेश ३ को नाम र राजधानी तोक्न किन ढिलाई ?

 प्रदेश सरकार र संसद गठन भएको डेढ वर्ष नाघिसक्यो । प्रदेशका १३ वटा जिल्लावासीको तातोको बिषय भनेको प्रदेशको नाम र राजधानी कहिले तोकिन्छ भन्ने हो । प्रदेशका सांसदहरु पनि संसद बैठक चलेर बिशेष समय र सुन्य समय पाउनु हुँदैन प्रदेशको नाम र राजधानीको कुरा चर्किएर उठाउँछन् । तर, डेढ वर्ष देखि जताततै कुरा उठ्छ तर, तोक्न भने ढिलाई भईरहेको छ ।

प्रदेशको राजधानी तोक्नका लागि जती माग गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । प्रदेश ३ मा नेकपाका सांसदको दुईतिहाई छ । तर, दुईदिन अगाढीको संसद बैठकमा नेकपा प्रदेश ३ का इन्चार्ज समेत रहनुभएकी अस्टलक्ष्मी शाक्य नाम र राजधानी चाहियो भनेर उल्टै संसदमा उर्लनुहुन्छ ।

पार्टीका सांसदलाई मिलाएर, नाम र राजधानी तोक्ने प्रमुख दायित्व उहाँकै हुन आउँछ । तर, त्यो काम हुन सकेको छैन । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र मुख्यमन्त्री डोरमणि पौडेल भने पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डको आदेश कुरेर वस्नु भएको छ । राजधानी हेटौंडामानै स्थायीत्व दिनेकी अन्यत्र सार्ने भन्ने वहस सरकार र संसद गठन भएदेखिनै चल्दै आएको छ । चोक चौतारा, सार्वजनिक कार्यक्रममा पनि यही वहस चल्छ । तर, दुईअध्यक्षको ग्रिन सिग्नल नपाउँदा सम्म सभामुख र मुख्यमन्त्रीले राजधानी तोक्न तत्काल लागिहाल्नुहुने छैन ।

देशकै राजधानी रहेको प्रदेश तीनमा पनि नाम र राजधानी टुंगो लागेको छैन । मकवानपुरको हेटौंडा अस्थायी मुकाम हो । राजधानीका लागि काभ्रेको बनेपा पनि बेला बेला चर्चामा सुनिन्छ । गएको आइतबारदेखि बस्दै आएको प्रदेशसभा बैठकको विशेष र शून्य समयमा सांसदले नाम र राजधानीबारे प्रश्न उठाएका छन् । तर बिहीबार प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामबारे बोल्नुभएन । प्रदेश तीनमा नेकपाको दुई तिहाइ छ ।

प्रदेश तीनमा पनि नाम र राजधानी छिटो टुंग्याउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको निर्देशन छ । त्यसैअनुसार प्रदेश राजधानी हेटौँडा नै तोक्न सक्ने सम्भावना छ । तर स्थायी राजधानी सहित प्रदेश तीनको नाममा भने अझै बहस चलिरहेको छ । बाग्मती, काष्ठमण्डप, नेपाल मण्डल लगायतका नाम प्रस्ताव भएका छन् । प्रदेश ३ मा नेकपा नै निर्णायक छ । नेकपाका ८१ सांसद छन् । कांगे्रस सहित अरु दलका २९ सांसद छन् । दुई तिहाइबाट नाम र राजधानी तोक्न ७४ सांसदको समर्थन आवश्यक पर्छ ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top