मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

महिलाका उत्पादन बिक्रीमा मेलाले सहयोग पुग्छ–प्रदेश प्रमुख कोइराला

हेटौंडाको पल्पसा हलमा आज देखि श्रृजनशील महिला उद्यमी मेला सुरु भएको छ । महिला उद्यामीद्वारा उत्पादीत सामाग्रीको प्रोत्साहन गर्ने उदेस्यले मेलाको आयोजना गरिएको हो । मकवानपुर महिला उद्यमी व्यावसायी संघ र महिला श्रृजनशील केन्द्र काठमाण्डौको संयुक्त आयोजनामा मेला सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने मेलाको प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले उद्घाटन् गर्दै स्वदेशी उद्योगको उत्पादनमा यो मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

यस मेलालाई नजिकबाट हेर्दा आफुलाई उर्जा महसुस भएको बताउँदै भन्नुभयो–‘हस्तकलाका सामानले देशको विकासमा योगदान गरेको छ । मेला हेर्न आउँदा आफैला उर्जा महसुस भएको छ । हस्तकलालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्दन गर्नुपर्छ ।’ महिलाहरुको कार्यक्रममा पुरुषहरुको उपस्थिती कम भएकोमा उहाँले आपत्ति जनाउनुभयो । महिला ससक्तिकरणको सक्तिले सबै अगाडी बढ्नका लागि उहाँले सुझाव पनि दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मेलाका माध्यमले उत्पादीत सामाग्रीहरु सबैतिर चिनाउनका लागि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाका उत्पादन बजार सम्म ल्याउन आफुहरुले सहयोग गर्ने बताउनुभयो । उत्पादनशिल क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महिलाहरुद्वारा उत्पादन गरएका सामाग्री बजार सम्म ल्याउनका लागि मेलाको आयोजना गरिएको मकवानपुर महिला उद्यमी व्यावसायी संघकी अध्यक्ष शुशीला पाण्डेले बताउनुभयो । यस्ताखालका मेलालाई निरन्तर रुपमा सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेपाल उद्योग बाणिज्यसंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसाल, महलिा श्रृजनशील केन्द्र काठमाण्डौका निलु थापा, महिला उद्यामी व्यावसायी संघका सल्लाहकार सर्मिला डंगोल लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । मेला यही भदौ ७ गते सम्म हेटौंडाको पल्पसाहलमा सञ्चालन हुने छ ।






सम्बन्धित शिर्षक समाचारहरु



शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top