मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत     संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा   

मकवानपुर समाचार

हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान


  • मकवानपुर समाचार
  • 18 पटक पढिएको
हेटौंडा

हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान

 हेटौंडामा डेंगु नियन्त्रण गर्नका लागि यसको वास स्थान नष्ट गर्ने अभियानमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा अभियाननै सञ्चालन गरिएको छ । डेंगुको लार्भा र प्युपा वस्ने वासस्थानको नष्ट गर्नका लागि मेयर महतको नेतृत्वमा हेटौंडा ४ का बिभीन्न स्थानमा आज पनि पानी जमेका भाडा खन्याउने, टायर संकलन गर्ने अभियान जारी राखिएको हो ।

मेयर महत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेबिका, जनपथ प्रहरी लगायतकाको सहभागितामा डेंगुको लार्भा र प्युपा बस्ने वास स्थानको नष्ट गरिएको हो ।

हेटौंडामा डेंगु लागेका २ सय ५१ जना भन्दा माथी बिरामी देखा परिसकेको छन् । यसको नियन्त्रणका लागि हेटौंडामा टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, ससस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको दिनहुँ सक्रिय सहभागिता रहेको मेयर महतले जानकारी दिनुभयो । यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेको कुनैपनि सामानमा पानी भरिएका छन् भने खन्याएर खाली राख्नुनै उपयुक्त रहेको उहाँले बताउनुभयो । हेटौंडा ४ मा सवै भन्दा वढी डेंगुका बिरामी देखा परेका छन् ।

यसअघि अफिसर्स क्लबको सहयोगमा डेंगु रोगको नियन्त्रण, रोकथामका लागि सरकारी कार्यालय हरुमा पनि सचेतना अभियान गरिएको छ । यो अभियानमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अफिसर्स क्लव मकवानपुरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको टोलीले अभियान गरेको उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्नका लागि विशेषगरी सफा पानी जमेर रहेका पुराना फुटेका भांडा, टायर, टिनका बट्टा, गमला, पानी टंकी, फ्रिज आदि खोजी खोजी पानी नजम्ने अवस्था बनाउन अभियान शुरूगरिएको हो ।






सम्बन्धित शिर्षक समाचारहरु



जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top