मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

मकवानपुर समाचार

सडक बिस्तार मेरै घरबाट शुरु हुन्छ हेर्न आउनुहोला : मुख्यमन्त्री पौडेल


  • मकवानपुर समाचार
  • 5 पटक पढिएको
हेटौंडा

सडक बिस्तार मेरै घरबाट शुरु हुन्छ हेर्न आउनुहोला : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताउनुभएको छ । जिल्ला समन्व्य समिति मकवानपुरको चौथो जिल्ला सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक बिस्तार नहुने बताउनुभयो । प्रदेश ३ को स्थायी राजधानी प्रदेश सभामा दुई तिहाइ मतले तोकिने उहाँले बताउनुभयो । प्रदेश सभामा दुई तिहाइ बहुमत आएपछि मात्र राजधानी तोकिने बताउनुभयो । आफ्नो मत प्रदेश सभामा एक मत मात्र रहेको बताउनुभयो । राजधानीको बिषय दुईतिहाइ बहुमतबाट मात्र तोक्न सकिने बताउनुभयो ।

हेटौंडामा राजमार्गको दायाँ बायाँ २५ मिटर सडक नभत्कने मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिलेको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘राजमार्ग कुनैपनि शहरको बिचबाट जानै सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्न । हिजो पनि मैले यही बोली बोलेको हुँ र भोली पनि यही बोल्छु ।’ हेटौंडा बजार क्षेत्रको रातोमाटे देखि चौकिटोल सम्म बजार क्षेत्रका घरहरु भत्कीएमा कस्तो होला ? त्यसैले २५ मिटर घर पछाडी भएकाहरुले सडकमा घर आईपुग्छ भनेर सपना नदेख्नका लागि उहाँले आग्रह गर्नुभयो ।

हेटौंडा बजार क्षेत्रमा सडकको दायाँ बायाँ १६–१६ मिटर मात्र सडक भत्कने बताउँदै उहाँले भन्नुभयो–‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटरमा सबै भत्कीन्छ । पहिले मै घर भत्काउछु । त्यसपछी बाइपास सडक पनि बनाइन्छ । बाईपासका लागि प्रदेश सरकारले ठुलो बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । नगरवासीको स्वार्थका कारण २५ मिटरको सट्टामा १६ मिटर मात्र सडक बिस्तार गर्ने उहाँले बताउनुभयो ।

यसैगरी मुख्यमन्त्री पौडेलले संबिधानले दिएको अधिकार भन्दा धेरै जिल्ला समन्वय समिति मकवापनुरले काम गरेको बताउनुभयो । संबिधानकै परिधिमा रहेर पनि काम गर्ने सक्ने भएकाले जिससले प्रदेशका १३ जिल्ला मध्यमा उत्कृष्ट काम गरेको बताउनुभयो । प्रदेश सरकारले जिससलाई बलियो बनाउनका लागि काम गरेको बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top