मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

मकवानपुर समाचार

हेटौंडामा डेंगुबाट बच्न जनचेतना जगाईदै


  • मकवानपुर समाचार
  • 29 पटक पढिएको
हेटौंडा

हेटौंडामा डेंगुबाट बच्न जनचेतना जगाईदै

 हेटौंडामा डेंगुको प्रकोप नियन्त्रण गर्नका लागि १९ वटै वडामा वडा अध्यक्षको नेतृत्वमा टोली परिचालन गरिएको छ । डेंगुका कारण धेरै बिरामी परेको र यसको नियन्त्रणका लागि हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्थानीय महिला स्वास्थ्य स्वयंसेबिका, टोल बिकाश संस्था, स्थानीय समुदाय सबैलाई एकैसाथ परिचालन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

बिशेषगरी ढेंगुको बढी बास स्थान भएको हेटौंडा ११ थानाभ¥याङ क्षेत्र र १० नम्बर वडामा रहेका पुराना टायर संकलन गरेर नष्ट गर्ने, टायरमा भएका पानी नष्ट गर्ने अभियानमा लागिएको उहाँले बताउनुभयो । जनचेतना जगाउँदै डेंगुको लार्भा र प्युपा बसने बास स्थान नष्ट गरिसक्ने गरी काम सुरु गरेको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्की सहितको टोली हेटौंडा बजार क्षेत्रका हरेक वडामा पुगेर समुदायलाई जनचेतना जगाउने र डेंगुको लार्भा र प्युपा बस्ने वास स्थानको नष्ट गर्न लागिएको हो ।

हेटौंडामा डेंगुका ८३ जना बिरामी

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको छ । साउन १ देखि २३ गते ८३ जना डेंगु संक्रमित फेला परेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएको कार्कीले बताउनुभयो ।

केही बिरामी काठमाडौंमा समेत उपचार गर्न गएको बताएकाले बिरामीको संख्या अझै धेरै हुने बताइएको छ ।
उपमहानगरपालिकाका मेयर महतले डेंगु नियन्त्रणको लागि तीव्र रुपमा काम गरिरहको बताउनुभएको छ । सबैलाई जनचेतना जगाउँदै यसबाट बच्ने उपायहरु सिकाएर सचेत रहन आग्रह गरिएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top