मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

मकवानपुर समाचार

मकवानपुरमा लागू औषध ओसार्ने फरक तरिका अपनाउँदै तस्कर


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा

मकवानपुरमा लागू औषध ओसार्ने फरक तरिका अपनाउँदै तस्कर

मकवानपुरमा लागू औषध ओसार पसार गर्ने फरक फरक तरिका अपनाएर तस्करहरुले गाँजा भारत निकासी गर्दै आएको रहस्य खुलेको छ । पहिले भारतीय गाडीको प्रयोग गरेर गाँजा निकासी गर्दै आएका तस्करहरुले फरक सैली अनुसार अव स्थानीय अटोलाई प्रयोग गरेर लागूऔषध गाँजाको निकासी गर्न थालेका हुन् । अटोमा लागु औषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा हेटौँडाबाट प्रहरीले गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

सूचनाको आधारमा प्रहरीले हेटौँडा ११ बाट मनहरी गाउँपालिका वडा नंबर ८ का जीवन मोक्तान, पर्षा जिल्ला विरगञ्ज उपमहानगरपालिका १० का राजेश पटेल र मुन्ना अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ किलो ९ सय ग्राम गाँजा समेत बरामद भएको पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गाँजा ओसारपसारमा प्रयोग भएको ना १ ह ९७६४ नंबरको अटोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । गाँजा कारोबारीको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top