मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

मकवानपुर समाचार

हेटौंडाका चार प्रदेश कार्यालयमा मन्त्री दुलालको छड्के


  • मकवानपुर समाचार
  • 5 पटक पढिएको
हेटौंडा

हेटौंडाका चार प्रदेश कार्यालयमा मन्त्री दुलालको छड्के

 प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलाल आज आकस्मिक रुपमा आफ्ना मातहतका ४ वटा सरकारी कार्यालयको छड्के अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारी उपस्थित थिए भने केही कार्यालयमा थोरै मात्र कर्मचारी हाजिर भएका थिए । सामाजिक बिकाश मन्त्रालय अन्तरगतको शिक्षा र स्वास्थ्य कार्यालयमा अनुगमन गरिएको हो । आम नागरिकको सबै भन्दा महत्वपूर्ण सरोकारको बिषय रहेको शिक्षा र स्वाथ्यका चार कार्यालयमा मन्त्री दुलालले अनुगमन गर्नुभयो । अनुगमनका क्रममा कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाइ दिनुभएको छ ।

आज बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा छड्के अनुगमनमा पुग्दा दुईजना कार्यालय सहयोगी, एक जना अधिकृत मात्र भेट्नुभयो । त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अंचल आयुरबेदीक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को कार्यालय हेटौंडामा अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरवन्दीमा कर्मचारी समायोजनपछी पनि धेरै कर्मचारी हाजिर हुनै नआइसकेको पाइएको छ ।

कार्यालयका एक जना कर्मचारी बिना जानकारी अनुपस्थित, एक जना भने जानकारी गराएर बिदामा बसेको पाइएको मन्त्री दुलालले जानकारी दिनुभयो । यसैगरी आयुरबेदीक औषधालयमा ३ जना कर्मचारी बिदामा बसेका र अर सबै कर्मचारी कार्यालयमा उपस्थित रहेका छन् । स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्रमा कार्यालयका सबै कर्मचारी भेटिएको उहाँले बताउनुभयो ।

यसैगरी शिक्षा बिकाश निर्देशनालयमा कार्यालयका प्रमुख देखि तल्ला तहका सबैजसो कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । कार्यालयमा हाजिर रजिष्टर अनुसार ८ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री दुलाल अनुगमनमा पुग्ने बित्तिकै सबै हाजिर रजिष्टर हेरेर नआउने कर्मचारीको हाजिरीमा रेजा लगाउनु भएको छ । कामको समयमा कर्मचारी अनुपस्थित भएपछी उहाँले नियमित आउनका लागि निर्देशन समेत दिनुभएको छ ।

मन्त्रालय अन्तरगतका कार्यालयलाई व्यवस्थित बनाइदै

प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले मन्त्रालय अन्तरगतका कार्यालयलाई चालु आर्थिक वर्षको सुरुवातबाट नै थप व्यवस्थित बनाउन लाग्नुभएको छ । मन्त्रालय अन्तरगतका निर्देशनालय, जिल्ला स्तरका कार्यालयलाई थप व्यवस्थित बनाउन लागिएको हो । सबै कार्यालयमा कर्मचारीहरु कार्यालय पोसाकमा आउनुपर्ने, अनुशासित र व्यवस्थित बनाइनुपर्ने लगायतका निर्देशन दिदै छड्के अनुगमनमा निस्कीएको उहाँले बताउनुभयो । सबै कर्मचारीहरु कार्यालय समयमा आउनुपर्ने, सेवाग्राहीका कामहरु समयमानै गर्नुपर्ने लगायतका निर्देशन दिदै कार्यालयमा परेका समस्या र गुनासाहरु समेत उहाँले सुनेर कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी
प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी सुरु भएको छ । अव रजिष्टरमा भन्दा पनि बिधुतिय हाजिरीले सबै कर्मचारी आउँदा र जाँदाको समयमा बिधुतिय हाजिरी गर्नुपर्ने छ । सबै भन्दा पहिले आफ्नै मन्त्रालयबाट कामलाई चुस्त दुरुस्त बनाउने र आफु मातहतका कार्यालयलाई पनि थप व्यवस्थित बनाउन लागिएको मन्त्री दुलालले बताउनुभयो । मन्त्रालयमा बिधुतिय हाजिरी राखिसकेपछी अव केही निर्देशनालयमा बिधुतिय हाजिरी राखिने उहाँले बताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा

‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top