मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

मकवानपुर समाचार

साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै प्रदेश ३ सरकार


  • मकवानपुर समाचार
  • 15 पटक पढिएको
हेटौंडा

साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै प्रदेश ३ सरकार

 प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा जोड दिने भएको छ । बितेको आर्थिक वर्षमा काम गर्नका लागि कानुन अभाब, कर्मचारीको समस्या, कार्यालयगत प्राबिधिक नहुनु लगायतका समस्याले धेरै वजेट कार्यान्वयन गर्न नसकेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । तर, चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि तत्काल सुरु गरिने उहाँले बताउनुभयो ।

बितेको आर्थिक बर्षमा सबैजसो मन्त्रालय र प्रदेशका कार्यालयले बजेट कार्यान्वयन गर्न सकेनन् । त्यसैले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि कार्यबिधि बनाउने काम सुरु गरिहाल्ने, अपुग प्रशासनिक र प्राबिधिक कर्मचारी पुरा गर्ने, आवस्यक कानुन निर्माण गर्ने र बजेट खर्च गर्ने कामलाई तिब्रता दिइने मन्त्री ढुंगेलले बताउनुभयो । बजेट खर्च गर्नका लागि पहिलेका वर्षमा जस्तो समस्या नहुने बताउँदै उहाँले भन्नुभयो–‘पहिले कानुन अभाब, कर्मचारी नहुनु लगायतका समस्याले हामिले ल्याएको बजेट खर्च गर्न सकेनौ । अव बजेट खर्च गर्नका लागि समस्या छैन । सबैजसो तयारी पुरा गरेका छौ । बजेट खर्च गर्नका लागि यही साउनबाटनै लाग्छौ ।’

प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक बर्ष २०७६–०७७ का लागि ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेट मध्यमा ५१ दशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले प्रदेश गौरबका योजनाहरुलाई धेरै रकम छुट्याएर काम गर्ने योजना बनाएको छ । गत आर्थिक बर्षका लागि ल्याइएको प्रदेश गौरवका योजना र फेरी थप गरेर गौरबका योजना ल्याइएको छ । प्रदेश सरकारले हेटौंडा–भिमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्गा निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षका लागि पनि सुरुङमार्गमा गौरबको योजनाका रुपमा बजेट छुट्याएर काम भने गर्न सकिएको थिएन । तर, आउँदो आर्थिक बर्षमा पनि रकम छुट्याएर काम गर्न लागिएको हो ।

त्यसैगरी प्रदेशका १३ वटै जिल्लालाई जोड्नका लागि पुस्पलाल चक्रपथ निर्माण गरिने भएको छ । प्रदेश सरकारको गौरवका योजनाका रुपमा मदनकुमार भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्ने आर्थिक मामिला मन्त्री ढुङ्गेलले बताउनुभयो । हेटौंडा अस्पताललाई ३ सय बेढ बनाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । यसैगरी प्रदेश सरकारको गौरवको योजनाका रुपमा प्रदेश बिश्व बिद्यालय निर्माण गरिने उहाँले बजेटमा प्रस्तुत गर्नुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा

‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top