मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

विचित्र संसार

तर्बुजा किन्ने ग्राहकलाई वालमार्ट स्टोरले ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने


  • विचित्र संसार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
अल्बामा, कात्तिक २६ । अमेरिकाको अल्बामास्थित वालमार्ट स्टोरलाई तर्बुजा खरिद गर्ने क्रमम लडेर खुट्टा र कम्मर भाँचिका एक ग्राहकलाई अदालतले करिव ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

तर्बुजा किन्ने ग्राहकलाई वालमार्ट स्टोरले ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने

वालमार्ट स्टोरबाट तर्बुजा खरिद गर्ने क्रममा स्टोरको लापरबाहीका कारण चिप्लिएर लड्दा आफ्नो खुट्टा र कम्मर भाँचिएका ५९ वर्षीय पूर्व सैनिक हेनरी वार्करलाई गत बुधबार जर्जीयाका एक अदालतले करिव ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति  तिर्न वालमार्ट स्टोरलाई आदेश दिएको हो ।

'डेलीमेल अनलाइन'का अनुसार सन् २०१५ जुन २५ मा वार्कर अल्बामास्थित वालमार्ट स्टोरमा तर्बुजा खरिद गर्न गएका थिए । तर्बुजा खरिद गरेर फर्कदै गर्दा भुँईमा राखिएको काठमा उनी अल्झिएर लडेपछि उनको खुट्टा र कम्मर भाँचिएको थियो ।

हप्तामा तीनपटक बास्केटबल खेल्ने वार्करको खुट्टा र कम्मरको हड्डी भाँचिएपछि उनका नीजि वकिलले उक्त स्टोरको लापरबाहीका कारण घटना घटेको भन्दै जर्जीया जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।

मानसिक पीडाबाट गुज्रिएका वार्कर परिवारको सहारामा बसेका छन् ।

गत हप्ता अदालतको १२ जना न्यायधिशको ज्युरीले एक फैसला गर्दै वालमार्ट कम्पनिले वार्करलाई प्रोत्साहनस्वरुप २५ लाख र क्षतिपूर्ति स्वरुप ५० लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो ।

अदालतद्वारा जारी फैसलामा भनिएको छ, ‘उक्त स्टोरको सिसिटिभि भिडियो फुटेज हेर्दा वार्कर अल्झेर लडेको काठमा अन्य ग्राहकहरु पनि लडेको देखियो, यो घटना वालमार्ट स्टोर कै लापरवाहीका कारण भएको हो ।’

यता, वालमार्ट किनमेल कम्पनिले भने आफ्नो गल्ति स्वीकार्दै क्षतिपूर्ति  दिन राजि भएको तर उक्त रकम निकै धेरै भएकोले पुन अदालतमा अपिल गर्ने बताएको छ । एजेन्सी






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top