मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

विचित्र संसार

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति


  • विचित्र संसार
  • 8 पटक पढिएको
आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होसहवास उडाउन सक्छ ।

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति

आखिर कोही मानिस कसैलाई प्रस्ताव राख्नका लागि यो हदसम्म कसरी जानसक्छ रु यो प्रश्न उठ्नु अस्वभाविक होइन । वास्तवमा ती युवक केही दिनअघि दुर्घटनामा परी घाइते भएका थिए । जसका कारण उनको पेटमा गम्भीर चोट लागेको थियो । पेटमा जुन ठाउँमा चोट लागेर काटिएको थियो उनले सोही ठाउँमा एउटा औँठी लुकाएर आफुलाई मनपर्ने नर्सलाई प्रपोज गर्ने अनौठो आइडिया निकाले ।

जब नर्स ती घाइते युवकको घाउको ड्रेसिङ गर्न आइन् र पेटको घाउमाथिको पट्टी हटाउन थालिन् तब उनले पट्टि मुनि औँठी फेला पारिन् । वास्तवमा पेटको त्यो घाउमा औँठी लुकाएर नर्सलाई सरप्राइज दिँदै उनले नर्सलाई प्रपोज गरिहाले । कुनै बिरामीले यस्तो पाराले आफुलाई प्रपोज गरेपछि नर्सले के गर्लिन् रु अचम्म त के भयो भने ती नर्सले ती घाइते युवकको प्रेम प्रस्ताव स्वीकारिन् । तर, घाउमा औँठी घुसाउने त्यस्तो मुर्खतापूर्ण कामका लागि भने उनले युवकलाई गाली गरिन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top