डाइटिङमा लगियो भुँडीवाल बाँदरलाई
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

डाइटिङमा लगियो भुँडीवाल बाँदरलाई

विचित्र संसार प्रकाशित मिति:

जिउ मोटो भएका मानिसहरु स्लिम बन्नका लागि डाइटिङ गरेको त सुनिएकै थियो । तर हुँदाहुँदा बाँदरले पनि डाइटिङ गर्न थालेको छ । घटना थाइल्याण्डको हो । थाइल्याण्डको राजधानी बैंककका वन्यजन्तु अधिकारीहरुलाई बजार नजिकै पर्यटकले फ्याँकेका खानेकुरा खाइरहने निकै घ्याम्पे मोटो बाँदरले ध्यान खिचिदियो ।

त्यसपछि त्यो बाँदरलाई लठ्याउने औषधि हानियो र त्यसलाई वन्यजन्तु उद्दार केन्द्रमा लगियो । जहाँ त्यो बादरको स्वास्थ्य परीक्षण पनि गरियो । १५ किलो तौलको उक्त बाँदर सामान्य भन्दा ८।१० किलो बढि तौलको थियो । मोटोपनाका कारण उसको भुँडी यति ठूलो थियो की हिँडडुल गर्न पनि गाह्रो भैरहेको थियो । मोटोपनाले ज्यानै जोखिममा परेको उक्त बाँदरलाई वन्यजन्तु उद्धारकर्मीहरुले फ्याट क्याम्पमा हालिदिएका छन् ।

उक्त मोटे शिविरमा बाँदरलाई कडा डाइटिङमा राखिनुका साथै अन्य जनावरहरुसँग दौडिन पनि लगाइनेछ । यो मोटे बाँदर बैंककमा अंकल फ्याट्टीको नामले चर्चित थियो । बाँदरका बच्चाहरु यो मोटे काकासँग झुम्मिन्थे । किनकी यसको भिमकाय भूँडीमुनि जमिनमा कुनै न कुनै खानेकुरा लुकेको हुन्थ्यो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


130971 Times Visited.

Top