५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर, चाख्नेहरु भन्छन् निकै स्वादिलो
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर, चाख्नेहरु भन्छन् निकै स्वादिलो

विचित्र संसार प्रकाशित मिति:

रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो ।

रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आफुले बनाएको पिसनर बियरमा कुनैपनि मानवीय फोहोरको नभएको दाबी गरेको छ । वास्तवमा पिसनर बियर बनाउन जुन जौँ को प्रयोग गरेको थियो उक्त जौँ फलाउनका लागि मलखादको रुपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको थियो । सामान्य रुपमा मलखादको रुपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रसायनिक मल प्रयोग गरिने भएपनि यो बियरका लागि उत्पादित जौँमा मानव मूत्रलाई मलको रुपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो ।

दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो संगीत महोत्सव रोसकिलेका अवसरमा उक्त मानव मूत्र जम्मा गरिएको थियो । नोरेब्रोका सिइओ हेनरिक वांग भन्छन्, ‘जब हामीले यस तरिकाबाट बियर बनाउने विषयमा जानकारी दियौँ तब मानिसहरुलाई लाग्यो की बियरमा सिधै पिसाब हालिनेछ । त्यो सुनेर मानिसहरु खुब हाँसे’ । डेनमार्कको कृषि तथा खाद्य आयोगका अनुसार मानवीय मलमूत्रलाई मलखादका रुपमा यति ठूलो परिमाणमा प्रयोग गरिएको यो पहिलोपटक हो । मानव मूत्रलाई मलको रुपमा प्रयोग गरी फलाइएका जौँबाट बनाइएको यो बियर चाख्ने मध्येका एक हुन् एन्ड्रेस स्जोग्रेन । उनी सोही संगीत उत्सवमा पनि सहभागी भएका थिए जहाँबाट पिसाब संकलन गरिएको थियो । पिसाबको मलले फलेको जौँबाट बनेको बियर निकै स्वादिलो रहेको र यसमा पिसाबको कुनै गन्धन नभएको उनी बताउँछन् । ५० हजार लिटर पिसाबको प्रयोग गरी जति जौँ उत्पादन भयो त्यसबाट ६० हजार लिटर बियर उत्पादन गरिएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


131003 Times Visited.

Top