मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

विचार

महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !


  • विचार
  • 46 पटक पढिएको
  • दिपक सिंह रुम्बा
हाम्रो समाजमा बेस्या भन्ने बित्तिकै एउटा चरीत्रहिन महिला भन्ने बुझिन्छ । बेस्या जो समाजमा कलंकित उपनाम हो । यदि कुनैपनि महिला परपुरुषसंग अनैतिक शारीरिक सम्बन्ध राखेमा त्यसलाई बेस्याको संज्ञा दिइन्छ अनि सामाजिक बहिस्कार गरिन्छ । हामिले कयौं सञ्चार माध्यममा बेस्याको आरोपमा महिलालाई गाउँ निकाला भन्ने समाचार धेरै सुनेका छौ तर महिलासंगै पुरुषलाई पनि गाँउ निकाला गरेको समाचार बिरलै सुनेका छौँ ।

महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !

कुनै एउटा महिला बेस्या भएर गाउँ निकाला हुँदा महिलासंगै पुरुष किन निकाला हुँदैन रु एउटा महिला बेस्या हुँदा पुरुष किन भएन रु के महिला एक्लै बेस्या हुन सक्छ रु के बेस्या उपनाम पाउनेहरु सबै वास्तविक बेस्या हुन त रु कुनै पनि बेस्याबृत्तीको काममा महिलाको मात्र सहभागी हुन्छ रु त्यही काम दुबैले एकै ठाउँमा गर्दा महिलाले दोषि अनि पुरुष निदोष हुन्छ रु अब यी सब प्रश्नको उत्तर खोज्ने बेला आएको छ । किनकी पुरुष प्रधान समाजमा पुरुषहरूको विरुद्धमा आवाज उठ्न गाह्रो हुन्छ । भनिन्छ नि बोल्नेको पिठोपनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।

हो त्यस्तै भएको छ हाम्रो समाजमा । कुनैपनी बलात्कारको घटना भएमा पनि महिला नै दोषि हुने हैन सहमतिमा चहना अनुरुप नै भएको भए किन बलात्कार भनिन्थ्यो अनि बलात्कार पुरुषले गरेको भन्ने स्पष्ट हुँदा हुँदैपनी गल्ती महिलाको नै देख्ने यो समाजको नजरमा नै खोट देखिन्छ । एउटा महिला बेस्या देख्ने समाजले एउटा महिला बेस्याको बन्नको लागि पुरुषको जरुरत हुन्छ वा पुरुष पनि सामेल भएको किन देख्न सकेन रु हैन के रोग लागेको छ समाजको नजरमा रु एउटा महिला कहिलेपनी एक्लै बेस्या बन्न सक्दैन बेस्या बन्न पुरुषको पनि उत्तिकै हात हुन्छ । हैन भने कि त पुरुषले आफू बलात्कार भएको प्रमाण सहित उजुरी दिनुपर्यो हैन भने मज्जा लिने बेलामा दुबैले लिएर दोष थुपार्ने बेलामा महिलालाई मात्र दोषी बनाउन पाउदैन । हरेक महिलाको विरुद्ध महिलाले नै चाल रचेको हुन्छ जस्तै कुनै समाजमा कुनै एउटा यौन सम्बन्ध भएर सार्वजनिक भएमा महिलाले नै पुरुषको दोष होइन त्यही महिला बेस्या भएर त्यस्तो गरेको भन्छ तर कहिले पनि पुरुष महिलालाई खोजेर गएको अनि दुबैको सहमतिमा सम्बन्ध भएको देख्दैन ।

कुनैपनी सम्बन्ध आपसी समझदारीमा हुन्छ भने दुबैको समान हात हुन्छ अनि सँजाय पनि बराबरी हुनु जरुरी हुन्छ । गल्ती गर्ने चाहे महिला होस चाहे पुरुष गल्ती अनुसारको सँजाय हुनुपर्छ । यो समाज न महिलाको पेवा न पुरुषको यो हो त केबल सबैको साझा त्यसैले सहि र सत्यको पक्षमा उभिउ गलत र नकारात्मक पक्षको निर्मुल पारौ । अन्त्यमा सबैले बुझ्नै पर्ने कुरा के हो भने एउटा महिला कहिले पनि एक्लै बेस्या हुन सक्दैन त्यसमा पुरुषको पनि समान हात हुन्छ । गलत मानसिकता त्यागौ । सबल र समृद्ध समाज निर्माणको लागि एकजुट होऔ । अपराध र अपराधीलाई संरक्षण गर्नु महाअपराध हो । सत्य, तथ्य र निष्पक्षता नै मनवताको असली गुण हो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top