मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

रंगमञ्च

आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार


  • रंगमञ्च
  • 176 पटक पढिएको
सेलिब्रिटीहरु सस्तो लोकप्रियता खोज्दा कहिलेकाहीँ हाँसोका पात्र पनि बन्छन् । यस्तै भयो बलिउड अभिनेता अक्षयर कुमार र उनकी पत्नी ट्विंकललाई । अक्षय कुमारले आफ्नो फिल्म ‘रुस्तम’ को पहिरन लिलामी गर्ने र त्यसबाट आएको रकम च्यारिटीमा दिने भनेर ट्ंिवकलले इन्स्टाग्राममा घोषणा गरिन् । त्यसमा उनी खुबै ट्रोल भइन् । सस्तो लोकप्रियताका लागि बकम्फुसे काम गर्न लागेको भनेर ट्विंकल र अक्षयको आलोचना भयो ।

आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार

फेसबुकमा सन्दीप अहलावत नामका एक व्यक्तिले लेखे, ‘तपाईंको एनजीओका लागि रुस्तममा तपाईंका पतिले लगाएको कपडा लिलाम गर्ने आइडीया कुनै चुट्किलाको किताब र फन्नी ब्लग जस्तै बकवास हो ।’ यस्तो कमेन्टले ट्विंकललाई क्रोधित तुल्यायो । उनले यस्तो कमेन्ट गर्ने व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने चेतावनी पनि दिइन् । अहिले यस विवादमा अक्षयले पनि मुख खोलेका छन् । उनले आफूले राम्रो उद्देश्यका लागि कपडा लिलामी गर्न आँटेको भन्दै यसलाई मजाक नबनाउन आग्रह गरेका छन् ।

‘म र मेरी श्रीमतीले मनभित्रैबाट यो काम गरेका हौं र यस्तो कामलाई आलोचना गर्नुको साटो सबैले प्रोत्साहन गर्नुपर्छ,’ अक्षयले पत्रकारहरुसँग भने ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top