मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद     राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता     प्रदेश १ मा दश जनाको मनोनयन      अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ     राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार     शेयर बजारसँगै कारोबार रकम पनि ओरालो     पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार     कुन प्रदेशमा कसको सरकार ?       मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई      आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ     तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो    

रंगमञ्च

‘छक्का पञ्जा २’ गीत सार्वजनिक

  • रंगमञ्च
  • 71 पटक पढिएको
काठमाडौं, साउन ६ – बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत शुक्रबार बिहान ८ बजे युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् ।

‘छक्का पञ्जा २’ गीत सार्वजनिक

अल्मोडा राना उप्रेती र सुजाता बर्माको आवाज रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । प्रिन्स र दीपकराज गिरीका शब्दमा अल्मोडा राना उप्रेती र प्रिन्सले संगीत भरेका छन् । गीत रिलिज भएसँगै सिनेमामा जितु नेपाल र वर्षा राउत, स्वरुप पुरुष ढकाल र स्वस्तीमा खड्का एकअर्काका कोस्टार भएको अनुमान लगाउन सकिन्छ । कुमारी हलमा विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीत सार्वजनिक गर्नुका साथै ‘छक्का पञ्जा’ छायांकन स्थल पनौती १० सलिमटारलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ ।

‘छक्का पञ्जा’ सफल भएसँगै  निर्माण  टिमले सिनेमाको छायाकंन भएको स्थान पनौती १० सलिमटारको लागि एम्बुलेन्स हस्तान्तरण गर्ने वचन दिएको थियो । त्यो वचन ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक गर्ने  क्रममा पूरा गरेको छ । काभ्रेको केन्द्रविन्दु पनौती १० सलिमटारमा रहेको उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरिएको हो । जहाँ छक्का पञ्जाको छायाकंनको लागि निर्माण टोली एक महिना बसेको थियो । गत वर्ष कीर्तिमान कायम गर्ने सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ असोज ११ गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ । यस सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौड्याल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।







सम्पर्क
मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com

हाम्रो रेडियो
फेसवुक
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top