मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

मकवानपुर समाचार

नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो


  • मकवानपुर समाचार
  • 13 पटक पढिएको
प्युठान- सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स त हामीले देखेकै छौं। सबैले देख्ने स्थानमा राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि मानिसहरु हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो

प्युठानको खलंगास्थित प्राथमिक स्वास्थ्य केन्द्रले कन्डम बक्स नै शौचालयभित्रै राखिदिएको छ। शौचालय पुगेका युवाहरुले भित्रबाटै  सुटुक्क कन्डम लैजान सकुन भनेर यस्तो जुक्ति निकालेको केन्द्रले जनाएको छ। केन्द्रको यो जुक्तिपछि अहिले कन्डमको खपत ह्वात्तै बढेको छ। केन्द्रका प्रमुख सुवास पौडेलका अनुसार विगतमा फाट्टफुट्ट मात्र कन्डमको खपत हुन्थ्यो तर अहिले कन्डमको माग ह्वात्तै बढेको छ। उनका अनुसार अहिले मासिक ५÷६ सय कन्डम खपत भैरहेको छ। यो सँगै छिमेकी मल्लारानी गाउँपालिकासहित प्युठान नगरपालिकाको मरन्ठाना, ऐरावती गाउँपालिकाको रस्पुरकोटस्थित स्वास्थ्य संस्थाले पनि शौचालयमा कन्डम बक्स राख्न सुरु गरेका छन्।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top