मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

मकवानपुर समाचार

प्लास्टिकको चामल पहिचान गर्ने ५ तरिकाहरु


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
जमाना पनि कस्तो आयो! नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल त बजारमा सजिलै बिक्रि भई रहेका थिए तर अब त चावल पनि नक्कली निस्कीएको छ। हो, देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको खबर छ। उपत्यका भित्र पनि कैयौ पसलहरुमा प्लास्टिकको चामल बिक्रि भईरहेका छन्। आत्तिहाल्नु पर्ने अवस्था छैन किन की यी पाच तरिकाबाट सजिलै असली र नक्कली चावल छुट्टाउन सकिन्छ।

प्लास्टिकको चामल पहिचान गर्ने ५ तरिकाहरु


  • पानीमा परिक्षणः fake riceपहिले एक चम्चा चामललाई एक गिलास पानीमा राख्ने। केहि बेर हातले राम्रोसंग चलाई रहनु पर्छ। त्यसपछि पनि यदि चामल पानीको सतहमा तैरीन्छ भने त्यो नक्कली चामल हो भनेर बुझ्नु। सक्कली चामल भिजे पछि तैरीदैन।
  •  तातो तेलमा परिक्षणः oil testकराईमा तेललाई बेस्री तताउनु। त्यसपछि एक मुठी चामल त्यसमा राख्नु। यदी चामल नक्कली हो भने पग्लीएर एकआपसमा टासिँन थाल्छ।
  • अग्नी परिक्षणः plastic riceथोरै चामल एउटा कागजमा राखेर जलाउनु। यदी त्यसबाट प्लास्टीक जले जस्तो गनहाँउन थाल्यो भने बुझ्नु की चामल नक्कली हो भनेर।
  • उमालेर परिक्षणः boiling-rice-plasticथोरै चावललाई ठुलो भाडामा राखेर उमाल्नु। उमाले पछि यदि भाडाको सतहमा मोटो चिल्लो तह जम्मा भयो भने बुझ्नु पर्छ की चावल नक्कली हो भनेर।
  • ढुसी परिक्षणः fermentation चामललाई उमालेर पनि छुट्टाउन गाह्रो परेमा , एउटा बोटलमा बंद गरेर राखौं। तिन दिन जति यतिकै छोडौं। यदि चामलमा ढुसी लागेको छ भने त्यो असली हो नत्र बुझौ की प्लास्टीकको चामल हो भनेर।










Copyright © 2017, All Rights Reserved ! Powered by :
Top