विरगञ्जमा दुई साताअघि भएको अहेब बबिताको हत्यामा उनकै श्रीमानको संलग्नता
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

विरगञ्जमा दुई साताअघि भएको अहेब बबिताको हत्यामा उनकै श्रीमानको संलग्नता

स्वास्थ्य प्रकाशित मिति:

वीरगन्ज– पर्साको रमगढवा हेल्थ पोस्टमा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्यामा उनकै पतिको हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले वविता हत्यामा उनका पति अमरेन्द्र पण्डितको समेत संलग्नता रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान अन्तिम अवस्थामा पुगेको र अनुसन्धानका क्रममा दोषि देखिएकालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनले हत्यामा वविताको पतिसँगै अन्य केही व्यक्तिको संलग्नता देखिएको अनुसन्धानका क्रममा फेला परेको बताए। घटना बबिताका पति अमरेन्द्रको योजनामा भएको र लासलाई तह लगाउन अन्य दुई(तीन जनाले सघाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। सर्लाहीकी बबिता एक वर्षयता वीरगन्जबाट करिब चार किलोमिटर पश्चिममा रहेको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत थिइन्। छोरी तेवलसँग भिस्वामा डेरा लिएर बस्दै आएकी वविताको शव वेवारिसे अवस्थामा गत चैत १३ गते प्रसौनी–८ सिङ्याही खोला किनारमा भेटिएको थियो।  शुक्रबार कार्यालय गए पनि आइतबार कार्यालय नपुगेपछि कार्यालयका कर्मचारीसहित स्थानीयले खोजी सुरु गरेका थिए। उक्त क्रममा खोला किनारामा बोरामा पोको पारेको अवस्थामा शव भेटिएको थियो। शंका लागेर शव पहिचान गर्दा बबिताको भएको पहिचान खुलेको थियो। प्रहरी अनुसन्धानमा उनको चैत १२ गते हत्या गरी बोरामा पोको पारी फालिएको खुलेको छ। वीरगन्जबाट भिस्वाको नहरको बाटो हुँदै शवलाई मोटरसाइकलबाट उक्त ठाउँमा पुर्‍याइएको प्रहरी अनुसन्धानका क्रममा भेटिएको प्रहरी निरीक्षक कुशवाहले बताए।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


130960 Times Visited.

Top