राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई

खेलकुद समाचार प्रकाशित मिति: २०७४ पौष २७ बिहीवार

काठमाडौं, पुस २७ –राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

सुपरलिग अन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् । सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो । 

यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १र१ गोल गरे । उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो । यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो । उसले सुपरलिगमा एक खेल जितेको थियो । समूहचरणमा राम्रो प्रदर्शन गर्दै सुपरलिगमा पुगेको सुदूरपश्चिमले भने कुनै खेल जित्न सकेन । पुस १६ गतेबाट ुुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251785 Times Visited.

Top