मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

खेलकुद समाचार

जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गते

  • खेलकुद समाचार
  • 6 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
हेटौंडाः आज बिहिबारका लागि तय गरिएको मकवानपुर जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गतेका लागि सारिएको छ ।

जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गते

संघले असन्तुष्ट पक्षको विरोधका कारण पूर्वनिर्धारित समयमा अधिवेशन गर्न नसकेको हो । संस्थापन पक्षले देशभर आफ्नो समूह अनुकुल हुने गरी अधिवेशन गर्न लागेको भन्ने आरोप छ ।

 क्रियाशील क्लबहरुले साधारण सभामा सहभागिता र अधिवेशनमा मताधिकार नपाएको भन्दै विरोध जनाउँदै आएका छन् । मकवानपुुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले मंगलबार असन्तुष्ट पक्षसँग छलफल गरी उनीहरुकै माग बमोजिम केही दिनका लागि साधारणसभा सारिएको जानकारी दिनुभयो । यस वर्ष जिल्ला लिगमा सहभागी ३७ वटै क्लब र अन्य क्रियाशील सबै क्लबलाई सहभागी गराई माघ ४ गते साधारणसभा गरिने श्रेष्ठको भनाई छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top