को बन्ला भारतीय क्रिकेट टिमको प्रशिक्षक ? धेरैको नजरमा वीरेन्द्र सहवाग
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

को बन्ला भारतीय क्रिकेट टिमको प्रशिक्षक ? धेरैको नजरमा वीरेन्द्र सहवाग

खेलकुद समाचार प्रकाशित मिति:

काठमाडौं । मुख्य प्रशिक्षक अनिल कुम्बलेले मंगलबार प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली हाल प्रशिक्षकबिहीन छ । हाल वेष्ट इन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै घरेलु टोलीसँग एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको छ ।

 इंग्ल्यान्डमा सम्पन्न च्याम्पियन्स ट्रफीलगत्तै वेष्ट इन्डिज पुगेको भारतीय टोलीले शुक्रबारबाट घरेलु टोलीसँग ५ खेलको एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको छ । एकदिवसीय सिरिजपछि भारतीय क्रिकेट टिमले वेष्ट इन्डिजसँग टि–ट्वान्टी क्रिकेट खेल्नेछ ।

प्रशिक्षक कुम्बलेको भारतीय टोलीसँगको सम्झौता च्याम्पियन्स ट्रफीको फाइनलपछि समाप्त भैसकेको थियो । त्यसलगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०ले प्रशिक्षकका लागि गत मे ३१ मै आवेदन खुल्ला गरेको थियो । र, प्रशिक्षक पदका लागि पूर्व भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवाग, पूर्व अष्ट्रेलियन अलराउन्डर टम मुडे, पूर्व पाकिस्तानी क्रिकेट टोलीका प्रशिक्षक रिचर्ड प्यबुस, पूर्व भारतीय खेलाडी लालचन्द राजपूत र पूर्व भारतीय मिडियम पेसर बलर डोडा गणेशले निवेदन दिएका छन् । आवेदन दिएका ५ प्रशिक्षकमध्ये एक प्रशिक्षकलाई भारतीय क्रिकेट एडभाइजरी कमिटी र सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणको एक टोलीले छनोट गर्नेछन् । आवेदन दिएका मध्ये कसले भारतीय टिम सम्हाल्नेछन् भनेर अहिले प्रश्न उठ्न थालेको छ । भारतीय मिडियाका अनुसार आवेदन दिएकामध्ये सबै प्रशिक्षकहरु भारतीय टोली हाँक्न सक्ने क्षमताका रहेका छन् । तर, केहि भारतीय मिडियाले कुम्बलेपछि भारतीय टोली हाक्न सक्नेमा सबैभन्दा बढी सम्भावना पूर्व ब्याट्सम्यान विरेन्द्र सहवागको रहेको समाचारहरु समेत प्रकाशित गर्न थालेका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा लेखेको छ,“भारतीय टोलीको प्रशिक्षकको लागि आवेदन दिएकामध्ये सहवाग सबैभन्दा नोटिस गरिएका प्रशिक्षक हुन् ।” टाइम्स अफ इन्डियाले सहवाग भारतका पुर्व खेलाडीमध्ये सबैभन्दा बढी खेल रणनीतिकार रहेको जनाएको छ । यस्तै टाइम्स अफ इन्डियाले सहवागपछि दोस्रो स्थानमा टम मुडे प्रशिक्षकका लागि योग्य रहेको लेखेको छ । यस्ता छन् भारतीय प्रशिक्षकका लागि आवेदन दिएका प्रशिक्षकहरु स् विरेन्द्र सहवाग – भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको होडमा भारतीय पूर्व विश्वकप विजेता क्रिकेटर विरेन्द्र सहवागको नाम अहिले सुरुवातमै आउने गरेको छ । कारण, खेलाडी जीवनमा उनले हासिल गरेको सफलता नै हो । ३८ बर्षिय सहवागले आफ्नो १४ बर्षिय खेल करियरमा दुईपटक विश्वकप जितेका छन् । त्यसैले भारतीय मिडियाले अहिलेको भारतीय टोली हाक्न सक्ने प्रशिक्षकका रुपमा उनलाई हेरिएको जनाएको छ । पूर्व भारतीय ब्याट्सम्यानलाई अहिले पनि ‘ग्रेटेष्ट गेम चेन्जर’ को रुपमा हेरिने गर्छ । त्यसैले उनलाई खेलको रणनीतिकारको रुपमा समेत लिने गरिन्छ । कुनैबेला भारतीय टोलीका म्याच विनर ब्याट्सम्यान रहेका सहवागले भारतीय टोलीबाट १०४ टेष्टमा ८५८६ रन तथा २५१ एकदिवसीयमा ८२७३ रन जोडेका थिए ।
सहवागसँग कुनै पनि प्रशिक्षकको अनुभव भने छैन । तर, सहवागले इन्डियन प्रिमियर लिग क्रिकेटका किंग्स इलाभेन पन्जाबको टोलीको मनिटर भएर काम गरिसकेका छन् । गतबर्षको सिजन पन्जाबको उत्कृष्ट प्रदर्शनमा सहवागको भूमिका महत्वपूर्ण रहेको भारतीय मिडियाले जनाएको छ । भारतीय मिडियाका अनुसार उनको खेल रणनीति र म्यानेजमेन्ट पक्ष निकै सबल रहेको छ । 
टम मुडे – अष्ट्रेलियाका पुर्व अलराउन्डर टम मुडे भारतीय क्रिकेट टोलीका प्रशिक्षक बन्न लायक प्रशिक्षकमध्येमा दोस्रो नम्बर आएका छन् । किनकि ५१ बर्षीय टम मुडेसँग प्रशिक्षक अनुभव र उनले पाएका सफलताहरु निकै रहेको भारतीय मिडियाको दाबी छ । अष्ट्रेलियाले दुई पटक विश्वकप जित्दा टोलीमा रहेका टम मुडेले यो सिजन इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरवादको टिम हेरेका थिए । त्यसै श्रीलंकाको पुर्व मुख्य प्रशिक्षक रहिसकेका मुडेसँग अष्ट्रेलियाका विभिन्न क्लबको प्रशिक्षक रहिसकेको अनुभव छ । यस्तै श्रीलंका सन् २००७ मा वेष्ट इन्डिजमा भएको विश्वकपको फाइनलमा पुग्दा उनी प्रशिक्षक रहेका थिए ।

रिचर्ड प्यबुस – पूर्व इंन्ग्लिश क्रिकेटर रिचर्ड प्यबुस पनि भारतीय टोली हाक्न सक्ने प्रशिक्षकको रुपमा हेरिएका छन् । किनकि प्यबुससँग लामो समय अन्तराष्ट्रिय क्रिकेटमा मुख्य प्रशिक्षक रहेर काम गरिसकेको अनुभव छ ।
पाकिस्तान र बंगलादेशको मुख्य प्रशिक्षक रहिसकेका ५२ बर्षीय रिचर्ड प्यबुस कम उमेरमै सफल रहने प्रशिक्षकमा पर्छन । यस्तै रिचर्ड प्यबुसले वेष्ट इन्डिज क्रिकेट टोलीका डिरेक्टर भएर समेत काम गरिसकेका छन् ।

लालचन्द राजपूत – पुर्व भारतीय क्रिकेटर लालचन्द राजपूतले पनि भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदन दिएका छन् । तर, उनको चर्चा भने खासै चलेको छैन ।
भारतीय मिडियाले चर्चा नगरे पनि राजपूत लामो समयबाट भारतीय क्रिकेटमा जोडिएका व्यक्ति हुन् । पूर्व दायाँ हाते ब्याट्सम्यान राजपूत हाल अफगानिस्तान क्रिकेट टोली हेरिरहेका छन् । र, अफगानिस्तानको पछिल्लो सफलतामा उनको हात रहेको मानिन्छ ।
यस्तै राजपुतले भारतीय राष्ट्रिय क्रिकेट टिमको टिम म्यानेजर भएर काम गरिसकेका छन् । इन्डियन प्रिमियर लिगमा मुम्बईका प्रशिक्षक भएर काम गरिसकेका राजपुतले भारतको उमेर समूह यू – १९ टिम समेत सम्हालिसकेका छन् ।

डोडा गणेश – भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पदको लागि आवेदन दिएका प्रशिक्षकमध्ये पूर्व भारतीय मिडियम पेसर बलर डोडा गणेश पनि एक हुन् । र, उनलाई अव्दन दिएकामध्ये अन्डर डग प्रशिक्षकका रुपमा हेरिएको छ ।
डोडा गणेश हाल कर्नाटक क्रिकेट टिमका छनोट समितिमा मुख्य व्यक्ति हुन् । र, उनको टोलीले रणजी ट्रफी जितिसकेको छन् । त्यसबाहेक गणेशसँग भारतीय क्रिकेटको यू – १६ , यू – १९ टोलीलाई प्रशिक्षण दिएको अनुभव छ । गणेशले इंग्ल्यान्डका केहि स्कुलहरुमा समेत क्रिकेट प्रशिक्षक भएर काम गरिसकेका छन् । (बाह्रखरी)




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216520 Times Visited.

Top