मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

खेलकुद समाचार

फ्रान्समा आइएस लडाकुको आक्रमण, एक प्रहरीको मृत्यु दुई घाइते

  • खेलकुद समाचार
  • 75 पटक पढिएको
वैशाख ८–फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा आइएस लडाकुको आक्रमण, एक प्रहरीको मृत्यु दुई घाइते

फ्रान्समा राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताउनु भएको छ । यो कुनै आतंकवादसँगै जोडिएको घटना भएको उहाँको भनाई छ ।

पेरिसमा आक्रमण आफूले गराएको विद्रोही समूह आइएसले दाबी गरेको छ । फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ । सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ । धेरैजसो आक्रमण आइएसले गरेको दाबी गरेको छ । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top