मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

खेलकुद समाचार

दुवईको एक कम्पनीमा आन्दोलन गर्ने कामदारको भिसा रद्द गरेर नेपाल पठाइदै

  • खेलकुद समाचार
  • 1 पटक पढिएको
वैशाख ४ – युएईमा कामका लागि आएका ४० जना नेपाली समस्यामा परेका छन् । म्यानपावर कम्पनीले भने जस्तो सेवा सुविधा यहाँको कम्पनीले नदिए पछि उनीहरुले आन्दोलन गरेका थिए । ललितपुरको कुपोण्डोलस्थित गल्फ इनोभेसन प्रालि मार्फत दुवईमा रहेको क्लिन्को क्लिनिङ सर्भिसेस तथा विल्डिङ मेन्टिनेन्स कम्पनीमा आएका नेपाली समस्यामा परेका हुन । समस्यामा पर्नेमा १५ महिला र २५ जना पुरुष छन् । समस्यामा परेका ४० जना र उनीहरुको उक्साहटमा लागेका तथा कम्पनीमा काम गर्न नचाहने अन्य कामदारलाई समेत कम्पनीले नेपाल पठाउन लागेको छ । कम्पनीले २३ जनालाई नेपाल पठाइ सकेको छ । तत्कालै ११ जना कामदार नेपाल पठाउन लागेको र बाँकी १३ जनाको भिसा रद्द गर्ने प्रक्रियामा रहेको छ ।

दुवईको एक कम्पनीमा आन्दोलन गर्ने कामदारको भिसा रद्द गरेर नेपाल पठाइदै

आन्दोलन गर्ने, युनियन बनाउने र काम गर्न नखोज्ने सबै कामदारलाई पालैपालो नेपाल पठाउने बताइएको छ । कम्पनीका विभिन्न शाखामा झण्डै एक हजार जना नेपाली कार्यरत छन् ।  कम्पनीले विभिन्न क्षेत्रमा कामदार सप्लाई गर्दै आएको छ । कामदारहरुले कम्पनीका म्यानेजरलाई हातपात गरेको कम्पनीको आरोप छ । तर कामदारले भने त्यसो नगरेको बताएका छन् । समस्यामा परेका पुरुष कामदारहरु सोनापुरमा र महिला कामदार अलकुजमा रहेको क्याम्पमा बस्दै आएका छन् । उनीहरुलाई खानाको समेत समस्या भएकोले अवस्था जटिल बन्दै गएको छ । 

‘कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएकाले हामीले कुरा राख्यौं । तर सुनुवाई नभएपछि कामै छोडेर बस्यौं’ पीडितहरुले उज्यालोसँग भने ।  उनीहरु दुई महिना देखी काम नपाएर बसिरहेका छन । कामदारले सुरुमै काम छोडेर बसेकोले महत्वपूर्ण र ठूला प्रोजेक्ट गुमेको भन्दै अब काममा लगाउन नसक्ने कम्पनीले बताउँदै आएको छ । 

नेपालबाट म्यानपावरले खानबस्न सहित ८ घण्टा काम र ९ सय न्युनतम तलब भनेर पठाएको थियो । तर कम्पनीले १२ घण्टा काममा लगाएको र काम गरेको तलब पनि पूरै नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । 

म्यानपावरले नेपालको कानुन अनुसार न्युनतम ९ सय दिनै पर्ने भएकाले श्रम स्वीकृतिका लागि त्यसो गरेको कम्पनीले बताउँदै आएको छ । तर युएई आएपछि कामदारसँग ९ सय तलब र १२ घण्टा काम भनेर कम्पनीले सम्झौता गराएको थियो । कतिपय कामदार भने नेपाल फर्किन भन्दा न्युनतम तलबमै भए पनि काम गर्ने मनसायमा पुगेका छन् । आन्दोलनका लागि अन्यलाई उकासेको भन्दै दुई जनालाई सुरुमै नेपाल पठाउने प्रयास कम्पनीले गरेको थियो । 

अन्य कामदारको समेत समस्या समाधान नगरेसम्म आफू नेपाल नफर्किने भने पनि आन्दोलनको अगुवाइ गरेका दिनेश राईलाई जर्बजस्ती नेपाल पठाएको थियो । राईलाई नेपालबाट म्यानपावर कम्पनीले आन्दोलनको अगुवाइ नछाडे नेपालमा एयरपोर्टमै झरेको दिन ज्यान मार्ने धम्की समेत दिएको थियो । त्यही कुरा राईले दूतावासका श्रम काउन्सिलर भेष बहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादवलाई सुनाएका थिए । दूतावासको पहलमा राईको समस्या समाधान भए पनि बाँकीको समाधान भएको छैन । यसबारे कामदारले दूतावासमा निवदेन समेत दिएका थिए । उनीहरु समस्या लिएर यहाँको श्रम अदालत समेत पुगेका थिए । दूतावासकै पहलमा कम्पनीका अधिकारीहरुसँग कुरा भएको थियो । कम्पनीमा छलफल र वार्ता हुन थालेपछि अदालतको मुद्दा कामदारले फिर्ता गरेका थिए । तर कम्पनीले भने अहिलेसम्म कुनै पहल नगरेको कामदारको भनाइ छ । ‘कामका लागि आएका नेपालीहरुले नेपालमा जस्तो आन्दोलन गर्ने, हातपात गर्ने र काममै नगई समुह बनाउने, सबैलाई एकै ठाउँमा काममा लगाउन भन्दै दबाब दिएर आन्दोलन गरेकाले समस्या भएको हो’ श्रम सहचारी हिरा कुमारी यादवले भन्नुभयो ।  समस्यामा परेका नेपाली कामदारले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको टोलीलाई दुवईमा भेटेर समस्याबारे जानकारी गराएका थिए । पीडितहरुले अलकुज र सोनापुर क्याम्पमा बसेका कामदार भेट्न अनुरोध गरे पनि टोली कम्पनीको आबुधाबी शाखामा रहेको मजदुर क्याम्प पुगेर फर्केको थियो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top