मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

खेलकुद समाचार

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन


  • खेलकुद समाचार
  • 8 पटक पढिएको
काठमाडौं ( २०७५ सालभित्र नेपालले तीन ठूला प्रतियोगितामा सहभागिता जनाउँदैछ । इण्डोनेसियाको जाकार्तामा हुने १८औं एसियाली खेलकुदको सहभागितापछि आउँदो मंसिरमा मध्यपश्चिममा आठौं राष्ट्रिय खेलकुद हुँदैछ भने फागुन चैतमा १३औं दक्षिण एसियाली खेलकुद नेपालमै आयोजना हुँदैछ ।

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद नजिकिँदैछ । प्रतियोगिता अयोजना त गर्ने भनियो, तर कहाँ गर्ने रु भन्ने प्रश्न अझ पनि नेपाली खेलकुदलाई नजिकबाट नियाल्नेहरुको मनमा छ । प्रतियोगिता आयोजनाका लागि रंगशाला नै छैन भन्दा पनि हुन्छ । प्रतियोगिता सुरु हुनका लागि अब करिब नौ महिना समय बाँकी छ । यस समयमा पूरा हुनुपर्ने कामहरु भने धेरै नै बाँकी छन् । प्रतियोगिता काठमाडौं र पोखरामा आयोजना गर्ने तयारी भइरहेको छ । तर अहिले दशरथ रंगशालाको मर्मत कार्य जारी छ । दशरथ रंगशालालाई मुख्य भेन्यू बनाएर विभिन्न स्थानमा प्रतियोगिता आयोजनाको तयारीमा राष्ट्रिय खेलकुद परिषद् छ । राष्ट्रिय खेलकुद परिषदको लगानी र चीन सरकारको सहयोगमा रंगशाला पुनर्निर्माण भइरहेको हो । रंगशालाको प्याराफिट पुनर्निर्माण गर्ने काम अहिले भइरहेको छ ।

तीन महिनामा प्याराफिटको काम सकिएपछि चीन सरकारले बनाइदिने भनेको एथ्लेटिक्स ट्र्याक र स्कोरबोर्ड निर्माणको काम सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले फागुनको अन्तिममा आयोजना हुने १३औं सागका लागि रंगशाला तयार हुने दावी गरे । ‘खेलकुद क्षेत्रकै एउटा धरोहरका रुपमा रहेको यो रंगशालाको काम द्रुत गतिमा अघि बढिरहेको छ । हामी अबको तीन महिनाभित्रमा प्याराफिटको पुनःनिर्माण, भिआइपी प्याराफिटमा छाना हाल्ने काम सकिन्छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले भने ।

‘साउण्ड सिस्टम, सिन्थेटिक ट्र्याक, फ्लड लाइट र स्कोरबोर्डको काम चिनिया सरकारसँगको सम्झौता अनुसार फेब्रुअरीको अन्तिम सम्ममा सकिनेछ ।’ तर पनि एउटा रंगशाला सात देशबाट आउने २७ खेलका खेलाडीका लागि पर्याप्त भने हुनेछैन । यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा उपलब्ध विभिन्न मैदानलाई प्रयोग गर्ने योजना बनाएको छ । विभिन्न खेलका लागि प्रतियोगिता आयोजना गर्ने र अभ्यास गर्ने छुट्टा–छुट्टै मैदानको आवश्यकता पर्दछ । सदस्यसचिव विष्टले केही पूर्वाधार एक महिनाभित्र नै तयार हुने र केही पूर्वाधार भने प्रतियोगिता सुरु हुन अगावै पूरा हुने बताए । ‘केही पूर्वाधार एक महिनामा नै तयार हुन्छ भने केही पूर्वाधारका लागि तीन महिना र केही ६ महिनामा निर्माण सम्पन्न हुनेछ । सबैको प्रकृया अघि बढिसकेको छ । ‘पूर्वाधारका कारणले दक्षिण एसियाली खेलकुद रोकिनेछैन ।’ सदस्यसचिव विष्टले ठोकुवा गरे ।

तर पनि दक्षिण एसियाली खेलकुद आयोजनामा अन्य विभिन्न पक्षहरु छन् जसले गर्दा प्रतियोगिता प्रभावित हुन सक्छ ।

सरकारले विनियोजन गर्ने बजेट, राजनैतिक अस्थिरता, खेलकुद संघहरुको विवाद जस्ता घटना नभए १३औं साग आयोजनाको विषयमा शंका गर्नु पर्ने अवस्था नरहेको दावी सदस्यसचिवको छ । ‘अहिले राष्ट्रिय खेलकुद परिषद्लाई दिइएको जिम्मेवारी भनेको पूर्वाधार निर्माण हो । यसलाई हामीले समयभन्दा अघि नै पूरा गर्छौँ’, सदस्यसचिव विष्टको भनाई छ । पूर्वाधारको अभाव रहेको प्रदेश ५ मा यही मंसिरमा आठौं राष्ट्रिय खेलकुद पनि आयोजना हुँदैछ । त्यसका लागि त अब चार महिनाको समयमात्र बाँकी छ ।

सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमको नेपालगञ्जलाई केन्द्रमा राखेर त्यस आसपासका जिल्लाहरुमा आयोजना गर्न भौतिक पूर्वाधार निर्माण पक्रियालाई तीव्रता दिइएको बताए । आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने स्थान बाँकेको नेपालगञ्ज रंगशालाको पुनःनिर्माणको काम पनि द्रुतगतिमा भइरहेको छ । रंगशालाको पिच, ट्र्याक प्याराफिट लगायतको स्तरोन्नतीको काम भइरहेको सदस्य सचिव विष्टको भनाई छ ।

महिला फुटबल भने दाङमा हुनेछ । कतिपय कभर्डहलहरु बन्ने क्रममा छन् भने कतिपयको काम भर्खरमात्र सुरु हुँदैछ । क्रिकेट भैरहवामा हुनेछ ।

तर पनि कोहलपुरलाई पनि वैकल्पिक भेन्यूका रुपमा राखिएको सदस्यसचिव विष्टले बताए ।

‘पूर्वाधार निर्माणको काम योजना अनुशार अघि बढिरहेको छ । दशैंसम्म ३५ खेललाई आवश्यक पर्ने पूर्वाधारको काम ९० प्रतिशत सकिनेछ । बाँकी १० प्रतिशत प्रतियोगिता अघि सम्पन्न हुनेछ’, सदस्य सचिव विष्टले दाबी गरे । हतारमा निर्माण सम्पन्न हुँदा गुणस्तरको कुरा पनि आउँछ । अघिल्ला संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्दा निर्माण भएका संरचनाहरु पूर्ण हुन नपाउँदै भत्किएका छन् । कतिको गुणस्तर हुनेछन् यी पूर्वाधार रु भन्ने हामो प्रश्नमा सदस्य सचिव भन्छन्, ‘पूर्वाधारहरु सानो र कम क्षमताका बन्लान, सुविधा भनेजस्तो नहोला तर गुणस्तरको सवालमा औंला उठाउनु पर्नेछैन् । सबै संरचनाका लागि प्रकृया पूरा गरेर काम गरेका छौँ । हतपतमा काम गरेका होइनौं ।’ आउँदो मंसिर २१ खदेखि २८ सम्म प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।

प्रतियोगिताका अधिकांश खेलहरु बाँकेको नेपालगञ्ज रंगशालामा हुनेछ । त्यसबाहेक दाङ, रुपन्देही र कपिलवस्तुमा पनि केही खेलहरु आयोजना गरिने सदस्य सचिव विष्टले जानकारी दिए । पौडी र गल्फका खेलहरु भने काठमाडौंमै आयोजना गरिने उनले बताए । ‘पौडी पोखरी बन्दैछ । समयमा नै सम्पन्न गर्नेछौँ । तर जाडो मौसममा पौडी खेल खेलाउन नसकिने भएकाले त्यसलाई काठमाडौंमा नै गराउने तयारीमा छौँ । गल्फ पनि काठमाडौंमा नै गराउछौँ ।’


वडा अध्यक्ष ललित घलान/फोटो:शुभलक्ष्मी विश्वोकर्मा



वडा अध्यक्ष ललित घलान/फोटो:शुभलक्ष्मी विश्वोकर्मा





सम्बन्धित शिर्षक समाचारहरु



विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top