मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

खेलकुद समाचार

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी


  • खेलकुद समाचार
  • 47 पटक पढिएको
फागुन २३ – इंग्ल्याण्ड विरुद्धको चौथो एकदिवशीय खेलमा घरेलु टिम न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ । जितसँगै पाँच एकदिवशीय श्रृङ्खलामा न्युजिल्याण्डले २–२ को बराबरी गर्न सफल भएको छ ।

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ३३५ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जोनी बाइस्र्ट र जो रुटले शतकीय योगदान दिए । ज्यासन रोय ४२ रनमा आउट हुँदा ७७ रनको स्थितिमा रहेको इंग्ल्याण्डका लागि बाइस्र्ट र रुटले दोस्रो विकेटका लागि १९० रनको साझेदारी गरेका थिए । यस क्रममा बाइस्र्टले १३८ रन बनाउँदा १४ चौका र ७ छक्का प्रहार गरेका थिए । जो रुटले पनि १०२ रनको योगदान दिए । अन्य खेलाडी भने दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।

न्युजिल्याण्डका लागि इश सोधीले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र कोलिन मुन्द्रोले २–२ विकेट हात पारे । ३ सय ३६ रनको लक्ष्य न्युजिल्याण्डले तीन बल अगावै ५ विकेटको क्षतिमा पूरा गर्दा रोस टेलर एक्लै नायक बने । २ रनको अवस्थामा २ विकेट गुमाइसकेको न्युजिल्याण्डले ८६ रन बनाउँदा तेस्रो विकेट गुमाएपछि दबाबमा परेको थियो । रोश टेलर र टम ल्याथमले चौथो विकेटका लागि १८७ रनको बलियो साझेदारी गरे । ल्याथमले ७१ रन बनाए भने रोश टेलर एक्लैले १८१ रनको योगदान दिए । यस क्रममा उनले १७ चौका र ६ छक्का प्रहार गरे ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top