मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

खेलकुद समाचार

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

  • खेलकुद समाचार
  • 18 पटक पढिएको
  • २०७४ माघ ०१ सोमबार
हेटौडा,माघ १ । राखेप च्याम्पियनशिप अन्तर्गत हेटौडामा सुरु भएको राष्ट्रिय महिला तथा पुरुष हक्कि प्रतियोगिताको आजको खेलमा महिला तर्फ मध्यमान्चल र नेपाली सेना तथा पुरुष तर्फ नेपाली सेना र ि विजयीभएका छन् ।

 महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

लिगकम नकआउटका आधारमा खेलाईएको पुरुष हक्किमा नेपाली सेनाले पूर्वान्चललाई ८–० गोलअन्तरले पराजित गरेकोछ । सेनाका तर्फवाट देवान सिंह धामीले ४,राम शाहले ३ र सत्यनारायण चौधरीले १ गोल गरेका छन् । यस्तै मध्यमान्चल र सुदुर पश्चिमान्चल विच भएको अर्को खेलमा सुदुर पश्चिमान्चल १–० गोलले विजयीभएको छ । सुदुर पश्चिमका लागि सुरेश प्रसाद जोशील एक गोल गरेकाहुन । 

यता राउण्ड रोविनका आधारमा खेलाईएको महिला हक्किमा नेपाली सेनाले सुदर पश्चिमान्चललाई १–० गोलले पराजित गरेको छ । सेनाका तर्फवाट सरिता मेचेले एक गोल गरेकी हुन । यस्तै महिला तर्फ मध्यमान्चल र पूर्वान्चल वीच  भएको अर्को खेलमा मध्यमान्चल विजयी भएको छ ।  मध्यमान्चलकी सिमा खड्काले गरेको एक मात्र गोल निर्णायक वनेको छ । 

खेलको उद्घाटन गर्नु हुदै हेटौडा उपमहानगरपालिकका उपप्रमुख मिना लामाले स्थानिय तहले पनि अव खेलकुद क्षेत्रलाई नयाँ ढंगवाट विकास गर्ने वताउनुभयो । हेटौडालाई देशकै नमूना खेलकुद क्षेत्र वनाउन नगरपालिकाले पहल गर्नेपनि वताउनु भएकोछ । नेपाल हक्कि संघका उपाध्यक्ष मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना तथा हक्की संघका सचिव रन्जन थापाले मन्तव्य राख्नु भएको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top