मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

अन्तराष्ट्रिय समाचार

स्वीजरल्याण्ड विमान दुर्घटनामा बीस यात्रुको ज्यान गएकाे आशङ्का


  • अन्तराष्ट्रिय समाचार
  • 11 पटक पढिएको
दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको विमान दुर्घटनामा पर्दा बीस यात्रु ज्यान गएको छ । २० जान यात्रुसहत उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सबैजनाको ज्यान गएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वीजरल्याण्ड विमान दुर्घटनामा बीस यात्रुको ज्यान गएकाे आशङ्का

दोस्रो विश्वयुद्ध सुरु भएको सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको ‘द जङ्कर, जेयू ५२ एचबी–एचओटी’ विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेको समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको छ । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटीएसले जनाएको छ ।
स्वीजरल्याण्डको जर्मन भाषामा प्रकाशित ब्लीक नामक पत्रिकाले विमानको क्षमता २० सीटको भएको र विमानमा यात्रारत सबैजनाको मृत्यु भएको हुनसक्ने जनाएको छ । विमान स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउँसो उडेको ब्लीकले जनाएको छ ।
एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।’ विमानको भग्नावशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले दुर्घटनामा कति जनाको मृत्यु भएको भन्नेबारे आइतबार समाचार तयार गर्दासम्म जानकारी गराएको छैन । तर खोजी र उद्धारका लागि पाँच हेलिकोप्टर पठाइएको जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top