मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

  • राष्ट्रिय समाचार
  • 103 पटक पढिएको
पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

हिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । -(रासस)










Copyright © 2017, All Rights Reserved ! Powered by :
Top