मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता     मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए     प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा     राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो     यसरी मनाइयो हेटौंडामा बातावरण दिवस      अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट   

राष्ट्रिय समाचार

बिराटनगरमा तनाब


  • राष्ट्रिय समाचार
  • 24 पटक पढिएको
विराटनगर

बिराटनगरमा तनाब


ट्रिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ । बालिकाको मृत्यू पछि आक्रोसित बनेका स्थानीयले आधा दर्जन बढी ट्रिपरमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ ।

घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका वावजुद स्थानीयले मृतक वालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेको छन् । आधा दर्जन टिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समिति मोरङ आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

स्थिति तनाबग्रस्त हुँदै गए कर्फ्यू आदेशसमेत जारी गर्नेबारे समेत छलफल भइसकेको सुरक्षा श्रोतले जनाएको छ । निषेधाज्ञाको सूचना गराइएपनि स्थानीयले प्रदर्शनलाई भने जारी नै राखेका छन् । सोमबार विहान बिराटचौकबाट सुन्दर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । बाटो कट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने ट्रिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । आगजनीबाट को १ ख ५८३३ र को १ ख ६४६३, को १ ख ६५६३ नम्बरको ट्रिपरको मात्रै नम्बर खुलेको छ ।









Copyright © 2017, All Rights Reserved ! Powered by :
Top