मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

राष्ट्रिय समाचार

दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
श्रावण २३, २०७५ गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएर घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार

स्थानीय श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठलाई हेलिकप्टर मार्फत उद्वार गरिएको हो । चारैतिर पहिरो गएकाले उद्वारका लागि समेत उक्त स्थलमा पैदल पुग्न नसकेपछि हेलिकप्टरबाट उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । उहाँका अनुसार सेनाका हेलिकप्टरबाट बुधवार दिउँसो उनीहरुलाई सिधै काठमाडौं ल्याइएको छ । पहिरोले गाउँ जाने बाटो समेत अवरोध भएकाले उद्वार कार्यमा कठीन भएको उहाँले बताउनुभयो । भखैरै पुगेको प्रहरीले उद्वार र क्षतिको विवरण संकलन गर्ने कार्य थालेको प्रजिअ पाठकले जानकारी दिनुभयो ।   पहिरोले उत्तरी क्षेत्रको बिगु र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानका घरहरुमा क्षति पुगेका छन् । सडकहरु अवरुद्ध भएकाले एक ठाउँबाट अर्को ठाउँमा जान नसकिएको स्थानीयले जानकारी दिएका छन्  । 





Copyright © 2017, All Rights Reserved ! Powered by :
Top