मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
२३ साउन, काठमाडौं । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ ।

करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो

करुणानिधिलाई समाधिस्थ गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबार राति उच्च अदालतका मुख्य न्यायाधीशको निवासमा सुनुवाइ शुरु भएको थियो । उक्त सुनुवाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ ।

करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ गर्न माग गरेको छ र त्यसका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराइदिन भनेको छ । तर, एआईएडीएमके सरकारले त्यसको अनुमति नदिएपछि यो विवाद उच्च अदालतसम्म पुगेको छ । मरीना बीच त्यो क्षेत्र हो जहाँ तमिलनाडुका दिग्गज नेताहरुलाई समाधिस्थ गरिएको छ ।

गत २८ जुलाईमा अस्पतालमा भर्ना भएका करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । एम करुणानिधिका समर्थकहरुले मरीना बीचमा अन्तिम संस्कार हुनुपर्ने र त्यहाँ स्मारक पनि बनाइनु पर्ने माग राख्दै मंगलबार साँझ नै अस्पताल बाहिर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । करुणानिधिको परिवार र कांग्रेस आई अध्यक्ष राहुल गान्धीले पनि डिएमकेको मागमा समर्थन जनाएका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top