मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

राष्ट्रिय समाचार

शेयर बजारसँगै कारोबार रकम पनि ओरालो


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ माघ ०९ मंगलवार
काठमाडौं, माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो ।

मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो ।

अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै सानिमा माई हाइड्रो कम्पनीको शेयर २ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।

बजार घटेपनि बल्र्ड मर्चेण्ट बैकिङ कम्पनीका शेयरधनीले आज ५ प्रतिशत कमाएका छन् । यस्तै, कालीका माइक्रोक्रेडिट कम्पनीका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै कमाएका छन् । #ujyaaloonline.com






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top