मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

एम्नेष्टी हेटौंडामा कार्यसमिति चयन


  • समाज
  • 3 पटक पढिएको
  • २०७४ पौष २७ बिहीवार
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १८ औं बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले बिजयकुमार बैद्यको संयोजकत्वमा २ बर्षका लागि ९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

एम्नेष्टी हेटौंडामा कार्यसमिति चयन

समितिको सहसंयोजकमा उत्तम शर्मा ढकाल, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा आशा ढकाल, सहसचिवमा प्रल्हाद घिमिरे तथा सदस्यहरुमा रेणु ज्ञवाली, अक्कलसिँ लामा, त्रिलोक्य मोहन ठिके र शशि दाहाल रहेका छन् ।  कार्यक्रम प्रतिनिधी सभा साँसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्य तथा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका संयोजक ह्यग्रिव आचार्यको सभाध्यक्षतामा भएको थियो । कृषि तथा बन विश्वबिद्यालयका डीन डा. बलराम भट्टको बिशेष आतिथ्य रहेको कार्यक्रमका एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका पूर्व संयोजकहरु जीवनकाजी माकजु श्रेष्ठ, विश्वनाथ रेग्मी, बिजेन्द्र अग्रवाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका सचिव हेमन्त ढुङ्गेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रकाश ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसैबिच, ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मानबाट तीर्थदेवी सिलवाल सम्मानित भएकी छिन् । सभामा प्रतिनिधी सभा साँसद दाहालले सिलवाललाई ७ हजार ५ सय रुपैंयासहित सम्मान पत्र प्रदान गरे । गतबर्ष ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मानबाट अधिवक्ता रामकृष्ण देउवा सम्मानित भएका थिए । कार्यक्रममा निवर्तमान कार्यसमिति, सल्लाहकारलाई मायाँको चिनो र तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो । मानव अधिकारको क्षेत्रमा क्रियाशील बिश्वकै ठूलो अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलको नेपालमा करिब ७ हजार सदस्य रहेका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top