तामाङ प्राज्ञ सभा मकवानपुरको अन्तरक्रिया
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

तामाङ प्राज्ञ सभा मकवानपुरको अन्तरक्रिया

मकवानपुर समाचार प्रकाशित मिति:

२५ बैशाख–तामाङ प्राज्ञ सभा मकवानपुरले हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न पदका तामाङ उम्मेदवारहरुस“ग सोमबार एक अन्तर्कृया कार्यक्रम गरेको छ । उपमहानगरपालिका अन्र्तगत उठेका तामाङ उम्मेदवारहरुस“ग विशेषतः तामाङ समुदायका हक अधिकार र जल्दाबल्दा राजनीतिक मुद्धाहरुप्रति प्रतिवद्धताकालागि कार्यक्रम आयोजना गरिएको प्राज्ञ सभा मकवानपुरले जनाएको छ ।

कार्यक्रमका वक्ताहरुले लामो समयदेखि पछि पर्दै आएको तामाङ समुदाय अझै राजनीतिक रुपमा धेरै पछाडि रहेको विचार व्यक्त गरेका छन् । पछिल्लो समय समानुपातिक समावेशी व्यवस्थाका कारण केही संख्यामा राजनीतिक रुपमा अघि बढेपनि चुनौतिहरु धेरै रहेको उनीहरुले बताएका छन् । केन्द्रीकृत शासनमा पछि परेका समुदायलाई नीतिगत तहमा पहु“च र प्रतिनीधित्व गराउन संबैधानिक रुपमा व्यवस्था गरिएको समानुपातिक समावेशी प्रतिनीधित्वको व्यवस्थामाथि विभिन्न राजनीतिक दलका ठूला नेताहरुले गम्भीर गल्ती गर्दै आएको सहभागीहरुले बताएका छन् । यस अघि भएको महत्वपूर्ण चुनावहरुबाट समानुपातिक कोटामा दलका ठूला दलका नेताहरुले आफ्ना आफन्त, दाजुभाई, श्रीमति लगायतलाई प्रदान गरी ठूलो गल्ती गरेको उनीहरुको आरोप थियो । 

पिछडिएको समुदायप्रति राजनीतिक दलहरुको सोच अझै सकरात्मक बन्न नसकिएको उनीहरुको आरोप छ । उनीहरुले महिला, तामाङ समुदायका उम्मेदवारहरुलाई आफ्नो दल हार्छ भनी अनुमान गरेका स्थानहरु, आफ्ना दलका प्रभावकारी पकड नरहेका स्थानहरु र पदहरुमा मात्र उम्मेदवारी दिएको भनाई राखेका छन् । अन्तर्कृयामा नया“ शक्ति पार्टी र संघीय समाजवादी फोरमका संयुक्त प्यानलका हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार शुभरत्न गोले, त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरका उम्मेदवार सोविन थिङ, नया“ शक्ति र फोरमका संयुक्त प्यानलबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का सदस्य पदका उम्मेदवार चतुरमान लामा, सोहि वडाका राप्रपाका महिला उम्मेदवार कल्पना कुमारी लामा लगायतले आफ्ना हक अधिकारका सम्बन्धमा प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा तामाङ प्राज्ञ सभा तर्फबाट श्याम लामा, फत्तेमान बलले आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रम तामाङ प्राज्ञ सभा मकवानपुरका अध्यक्ष डा. गणेश बलको सभाध्यक्षतामा भएको थियो ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216478 Times Visited.

Top