मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या


  • समाज
  • 17 पटक पढिएको
  • कलमपाटी
दैलेख – दैलेखमा आत्महत्या गर्न खोजेको देखेर जोगाउन जाँदा एक महिलाको ज्यान गएको छ । नारायण नगरपालिका–३, भूर्तिकी ४७ वर्षीया पार्वती नेपालीलाई उनका छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालो हिर्काउँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या

घर नजिकैको सोयखोला भन्ने खोल्सामा नाम्लोले पासो लगाउन खोजेका छोरा बालारामलाई  रोइकराई गर्दै सम्झाउन खोज्दा  उल्टै बालारामले मुक्का हानेर बेहोस बनाएको र दौडेर घरबाट कोदालो ल्याई टाउकोमा प्रहार गरेर आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ । बालारामले टाउकोमा कोदालो प्रहार गरेपछि आमा पार्वतीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरिसकेपछि बज्यै ७० वर्षीया जुवारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली, २४ वर्षीया कौशिला नेपालीलगायतका छिमेकीहरुलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ ।

पार्वतीको हत्या गरेको कोदालोले बज्यै जुवारालाई बालारामले प्रहार गर्दा जुवाराको पनि टाउको फुटेको प्रहरीले जनाएको छ । जुवाराको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । ‘अवस्था गम्भीर छ । तर पनि बचाउन सक्दो प्रयास गरिरहेका छौं’, उपचारमा संलग्न डा। अजित न्यौपानेले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top