मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश ३ मन्त्रिपरिषद बैठकको १२ वटा निर्णय     हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग सञ्चालनमा     हेटौंडाको कर्रा र राप्तिखोला सरसफाईसंगै हरियाली बनाइदै     मकवानपुरको कुलेखानीमा उच्च सतर्कता     हेटौंडाका चार प्रदेश कार्यालयमा मन्त्री दुलालको छड्के     साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै प्रदेश ३ सरकार     जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु    

समाज

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका


  • समाज
  • 8 पटक पढिएको
  • कलमपाटी
३ पुस, जनकपुरधाम । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् ।

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका

उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार गएराति नै बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले विदेशी चकलेट दिने भन्दै फकाएर बालिकालाई उखुबारीमा लगेका थिए ।

बालिकाको रक्तस्राव नरोकिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।बलात्कृत बालिकाकी आमा दृष्टिबिहीन हुन् । पक्राउ परेका बस्नेतले मादक पदार्थ सेवन गरेको खुलेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top